citizens life insurance long ad
stcnepal long ad

पश्चिममा आज र पूर्वी भेगमा पर्सि पानी पर्ने सम्भावना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुलुकका केही स्थानहरूमा आज मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू(भागमा मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकोले पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी गण्डकी पश्चिमका जिल्लाहरुमा पानी पर्ने सम्भावना छ ।

गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का देखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । साथै देशका पहाडी भू–भागका केही स्थानहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । भोलि र पर्सि देशभर बदली रहने छ ।

भोलि मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । पर्सि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

IME Life
kumari