stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कालिका पावरले बढायो नाफा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिका पावर कम्पनीले १२ करोड ९१ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३.०६५ ले बढी हो । गत वर्ष यसले १२ करोड ५२ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन थियो । यता, विद्युत् बिक्रीबाट हुने आम्दानी २८ लाख २९ हजार रुपैयाँले बढेर १३ करोड ९१ लख २५ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष यसले विद्युत् बिक्रीबाट १३ करोड ६२ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो । चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ६ करोड ९३ लाख ७२ हजार रुपैयाँ रहेको छ । चैत मसान्त सम्ममा प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ २८ पैसा छ । प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ५६ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari