रियलमी सि ५१ र सि ५३ अब छुट मुल्यमा
काठमाडौँ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको दुई वटा स्मार्टफोन मोडलहरु रियलमी सि ५१ र रियलमी सि ५३ अब छुट मुल्यमा उपलब्ध भएका छन् ।
पहिला रु.१४,९९९ मा उपलब्ध मेमोरी च्याम्पियन रियलमी सि ५१ अहिले रु.१३,४९९ को छुट मूल्यमा उपलब्ध छ भन ेपहिले रु.१८,९९९मा उपलब्ध क्यामरा च्याम्पियन रियलमी सि ५३ अहिले रु.१६,४९९ को छुट मूल्यमा उपलब्ध छ।
रियलमी सि ५३ स्क्यामेरा च्याम्पियन
१०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामरा सहितको रियलमी सि ५३ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ ।
यस सेगमेन्ट कै पहिलो १०८ मेगापिक्सेल क्यामेरा र सबैभन्दा ठूलो क्यामरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्सड हाइलाइट र स्याडोज तथा डिप टेक्सचर शटहरू प्रदानगर्दछ । यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेलड तस्बिर खिच्न सक्छ ।
७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५३ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्दछ ।
१८ वाट क्विकचार्जको सुविध ाभएको रियलमी सि ५३ मा शक्तिशाली ५००० एमएएचको विशाल ब्याट्री राखिएको छ जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या हुँदैन ।
रियलमी सि ५३ मा १२ जिबी सम्मको डायनामिक ¥यामको साथसिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ ।
१७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरुलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्दछ ।
अक्टा–कोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फरमेन्स तथा अनुभव सुनिश्चित गर्दछ ।
६+१२८ जीबी भेरिएन्टको रियलमी सि ५३ आकर्षक च्याम्पियनगोल्ड कलरमा रु. १६,४९९ माउपलब्ध छ ।
फास्टर चार्जिङ,बिगर स्टोरेज र क्लियर क्यामरा अब मात्ररु. १३,४९९ मा
यसमा आउने ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले रियलमी सि ५१मात्र २८ मिनेटमा नै०–५०% सम्म चार्ज हुनसक्छ ।
यस सुपरभोक चार्जरको मुख्यविशेषताभनेको फोन नतातिकनैचाँडो चार्ज हुन्छ । १२८ जिबीको स्टोरेज भएको यस रियलमी सि ५१ मा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस छ ।
४ जिबीको बिल्ट–इन ¥यामका साथै डिआरइ टेक्नोलोजी मार्फत थप ४ जिबी¥याम बढाउन पनि मिल्छ । ५००० एमएएचको हेभी ब्याट्री पावरले ग्राहकहरुलाई दिनभर भिडियो हेर्न अथवा खेल खेल्न प्रशस्त पावर पनि हुन्छ ।
यसमा भएको ५० मेगापिक्सेल एआई क्यामराले असाधारण रुपमा आकर्षक तस्बिरहरू निकाल्दछ । ७.९९ एमएमको अल्ट्रा–स्लिम डिजाइन सहित यस प्राइस सेगमेन्टकै सबैभन्दा स्लिम फोनको रूपमा आएको रियलमी सि ५१ स्टाइल र सुन्दरताको उत्कृष्ट मिश्रण हो ।
आकर्षक (६.७४ इन्च) ९० हर्ज डिस्प्लेमा रहेको मिनीक्याप्सुलले सिमलेस तथा भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्दछ । प्रशस्त स्टोरेज र आकर्षक डिस्प्ले युक्त रियलमि सि ५१ ले आधुनिक स्मार्टफोनहरूको लागि नयाँ बेन्चमार्क सेट गरेको छ ।
रियलमी सि ५१ आकर्षक मिन्ट ग्र्रीन र कार्बन ब्ल्याक कलरमा मात्र १३,४९९ मूल्यमा ४+६४ जिबीको स्टोरेजमा उपलब्ध छ ।




















