citizens life insurance long ad
stcnepal long ad

भिजिट भिषा प्रकरण: सङ्गठित अपराधको कसुरमा मुद्दा चलाउन सिफारिस,८ जना कर्मचारी फरार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  । भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको भिजिट भिषा प्रकरणको अनुसन्धान पूरा गरी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

प्रकरणका अभियुक्तहरुलाई प्रहरीले लिखतसम्बन्धी र सङ्गठित अपराधको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।

विमानस्थलमा रहेका अध्यागन कर्मचारी, विमान कर्मचारी तथा विभिन्न कन्सल्टेन्सी सञ्चालकसँगको सेटिङमा भिजिट भिसामार्फत मानव तस्करी भएको पाइएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत असोज १७ गतेदेखि विशेष अनुसन्धान अघि बढाएको थियो ।

गिरोहसँगको सेटिङमा भिजिट भिसाको अनुमति दिने अध्यागमनका अधिकृत नरवीर खड्का, नेपाल वायु सेवा निगमका कर्मचारी अरविन यादव र होम पोखरेल सहित पक्राउ परेका १० जना र फरार रहेका १२ गरी २२ जनाविरुद्ध लिखतसम्बन्धी र सङ्गठित अपराधको कसुरमा हदैसम्मको सजाय माग गरिएको छ।

२२ जना प्रतिवादीमध्ये १२ जना अझै फरार रहेको र तीमध्ये आठ जना विमानस्थलमा खटिएका सरकारी कर्मचारी तथा तीन जना बिचौलिया रहेको प्रहरीले जनाएको छ ।

IME Life
kumari