stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साल्ट ट्रेडिङले नयाँ कम्पनीले एलजिएस प्रविधिबाट घर बनाउदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। आयोडिन नुन, रासायनिक मल, एलपी ग्यास, अन्य दैनिक उपभोग्य वस्तुहरू जस्तै दाल, चिनी, गेडागुडी ,तेल,मैदा,आटा लगायतको सामाग्रीहरू बिक्री–वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले व्यवसाय विस्तार गर्दै भवन निर्माण व्यवसायमा पनि लगानी गर्न थालेको छ ।

कर्पोरेसनले उपभोक्ताको चाहना अनुसार घर निर्माण गर्ने र आफैँ जग्गा खरिद गरेर बलियो, गुणस्तरीय र सुविधा सम्पन्न भवन बनाएर अति कम मुनाफा राखि बजारको चलन–चल्तीको मुल्यभन्दा सस्तोमा बिक्री–वितरण गर्ने काम पनि सुरु गरेको छ ।

कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेश झाले नयाँ कम्पनी फ्युचर वर्कस् बिल्डिङ सोलुसन प्रा.लि. स्थापना गरी नयाँ प्रविधिको घर निर्माण गरिदिने तथा आफैँ पनि घर निर्माण गरेर बिक्रि गर्ने कार्य सुरु गरिएको बताएका छन ।

नेपाल भूकम्प जोखिमयुक्त देश हो, त्यसैले भूकम्प प्रतिरोधि गुणस्तरीय घर बनाउने भएको छ। इँटा, बालुवा,रोडा,डण्डी प्रयोग नगरी साना र किफायति मुल्यका घर निर्माण गर्ने योजना रहेको छ ।

कर्पोरेसनको उद्देश्य हलुका र भूकम्प प्रतिरोधी घर निर्माण गरेर उपभोक्तालाई सुलभ सेवा दिने रहेको छ। यसका लागि कर्पोरेसनले अमेरिकी कम्पनी फिनाकलसँग व्यावसायिक साझेदारी पनि गरेको छ ।

कर्पोरेसनले तयार गर्ने घर डिपिसीभन्दा माथि पानीको प्रयोग हुँदैन। फाउन्डेसन बनिसकेपछि त्यसमा बोल्ट निकालेर स्टिल स्ट्रक्चर, प्लाइउड, बोर्डलगायतका वस्तु प्रयोग गरेर घर बनाउने प्रविधि अनुसार बनाइने छ।

यो प्रविधिमा डिपिसीसम्म पुरानै प्रविधि इटा,वालुवा,रोडा,सिमेन्ट,पानी प्रयोग गरेर पुरानै पद्वतिबाट बनाइन्छ । त्यसपछि नटबोल्टु राखेर लाइट गेज स्टिल (एलजिएस) का फ्रेम राखेर घर बनाइन्छ । स्टिलका सो फ्रेमभित्र विभिन्न प्रकारका बोर्ड राखेर पर्खाल निर्माण गरिन्छ विभागिय प्रबन्धक झाले बताएका छन ।

छानोमा अहिलेका नयाँ प्रविधियुक्त सामग्री राख्न वा ढलान पनि गर्न मिल्ने बनाइने छ।झ्याल र ढोका युपिभिसी वा काठका पनि राख्न सकिने छ ।

कर्पोरेसनले काठमाडौँको दहचोकमा यही प्रविधिको प्रयोग गरेर १० वटा घर बनाइ बिक्री खुला गरिसकेको छ ।
त्यहाँ गएर ग्राहकहरूले नयाँ प्रविधिको घर हेर्न,अवलोकन गर्न र खरिद गर्न सकिने कर्पोरेसन स्रोतले बताएको छ।

नेपालको भौगोलिक अवस्थाले सबैले पिल्लर भएको आरसिसी ढलान प्रविधिबाट महंगो लागतमा घर बनाउन सक्दैनन् ।

एउटै ट्रकमा तीन वटा घर बन्न सक्ने निर्माण सामग्री बोकेर जुनसुकै ठाउँमा गएर पनि यो प्रविधिबाट सुविधाजनक र किफायति घर निर्माण गर्न सकिने भएकाले यो नेपालका लागि यो प्रविधिबाट घर निर्माण उपयुक्त प्रविधि भएको विभागिय प्रमुख झा ले बताएका छन ।

एलजिएस प्रविधिले घर बनाउँदा कोठाहरू फराकिलो हुनुका साथै हलुका पनि हुन्छ । एलजिएस प्रविधिबाट  घर बनाउँदा  तापक्रम र साउन्डप्रुफ पनि  मिलाएर राख्न सकिने सो कम्पनीले जनाएको छ ।

डिपिसीभन्दा माथिको भाग लाइट गेज स्टिल (एनजिएस) र बोर्डबाट बन्ने भएकाले यस्तो घरलाई भाडाको जग्गामा पनि बनाउन सकिने र भाडा सम्झौता समाप्त भएपछि फुकालेर एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि सकिने भएकाले सुविधायुक्त भएको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताएका छन ।

prabhu mahalaxmi
kumari