citizens life insurance long ad
stcnepal long ad

विशेष अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाह लाई तीन बर्ष कैदको सजाय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विशेष अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाह र पूर्वसई दिपेन्द्रप्रसाद पनेरूलाई भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

बुधबार अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडिआइजी शाह र पूर्व सई पनेरूलाई जनही ३ वर्ष कैद सजाय निर्धारण गरेको विशेष  अदालतका प्रवक्ता धनबहादुर कार्कीले नेपाल टिभी अनलाईनलाई जानकारी दिनुभयो ।

यस्तै उनीहरूलाई बिगो रकम १६ लाख ६९ हजार ०४२ रुपैयाँ जरिवाना र बिगो असुल समेत गर्न अदालतले आदेश दिएको छ। दुबै जनालाई गत पुस ११ गते अदालतले भ्रष्टाचारी ठहर गरेको थियो।

२०७२ सालमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूमाथि अनुसन्धान गरेको थियो।

IME Life
kumari