citizens life insurance long ad
stcnepal long ad

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारण सभा माघ २६ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारण सभा माघ २६ गते शुक्रबार गर्ने भएको छ । कम्पनीको पुस २३ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले हाल कायम पूँजी संरचना संस्थापक शेयरधनीको ६९.४०५ र सर्वसाधारण शेयरधनीको ३०.६०५० लाई परिमार्जन गरी संस्थापक शेयरधनीको ५९.४०५ र सर्वसाधारण शेयरधनीको ४०.६०५ कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, साधारण सभाले गत वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षण सहितको असार मसान्तसम्मको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, साधारण सभाले वित्तीय संस्थाको प्रबन्धपत्र दफा ६ को ङ र च मा आवश्यक संशोधन गर्ने प्रस्ताव माथि छलफल गरी पारित गर्नेछ । नियमनकारी निकायबाट कुनै फेरबदल गर्ने निर्देशन आएमा सोही  बमोजिम गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्न प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सभाधारण सभा प्रयोजनार्थका लागि माघ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार माघ ४ गतेसम्म नेप्समा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिन योग्य हुनेछन् ।

उक्त वार्षिक साधारण सभा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको साधारण सभाकक्षमा बिहान साढे ११ बजे गर्ने भएको हो ।

IME Life
kumari