stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नियन्त्रित लागूऔषध सहित पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ७८ एम्पुल, बुप्रेनोर्फिन ७८ एम्पुल र फेनारगन ८० एम्पुल सहित सिन्धुली घ्याङलेख गाउँपालिका-१ बस्ने २६ वर्षीया सबिना गिरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सोही ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ बल्खु सुकुम्बासी टोल बस्नेहरु मकवानपुर मनहरी गाउँपालिका-१ घर भएका ३३ वर्षीय भिम बहादुर तितुङ र निवाकोट लिखु गाउँपालिका-६ घर भएका २० वर्षीय प्रकाश परियार रहेका छन् । पक्राउ व्यक्ति उपर लागूऔषध मुद्दामा थप आवश्यक अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari