नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा २ अर्ब ४४ करोड रुपैयाँ लगानी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा २ अर्ब ४४ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ ।
केन्द्रीय बैंकले २०८० माघ ५ गतेदेखि २०८१ माघ ५ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले पुस २२ गते बेलुका ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ९५ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ३६ करोड ६० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १२ करोड २० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५५ भन्दा कम भएको हुनुपर्नेछ ।
यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ ।
























