citizens life insurance long ad
stcnepal long ad

सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयर : आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद सेयरमा आज पुस १९ गते बिहीबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । यस कम्पनीले हकप्रद सेयरको लागि आइतबार पुस २२ गते बुक क्लोज गर्दैछ ।

पुस २० र २१ गते शुक्रबार र शनिबार परेकाले यी दुई दिन सेयर कारोबार हुँदैन । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सिंगटीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

IME Life
kumari