citizens life insurance long ad
stcnepal long ad

ग्राउन्ड ह्यान्डिलिङ खोस्ने कोसिस नगर्न प्राधिकरणलाई मन्त्री किरातीको चेतावनी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेवानि)ले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने स्पष्ट पारेका छन् ।

आइतबार नेपाल नागरिक उड्डयन नागरिक प्राधिकरणको २५ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उनले पटक(पटक निगमको यो सेवा खोस्ने कोसिस नगर्न प्राधिकरणलाई चेतावनी दिए ।

‘राज्यले तपाईंहरुलाई जे जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारीपूर्वक गर्नुहोस्, नेवानिले पाएको अधिकार खोस्ने कुरा पटक(पटक नगर्नुहोस्,’ उनले भने, ‘म चेतावनी दिन चाहन्छु,अब यो कुरा उठेमा त्यो राज्यको नीति माथि नै प्रश्न हुनेछ ।’ उनले नेवानि सच्चिनु पर्ने अवस्था रहेको भन्दै त्यसमा सरकारले काम गरिरहेको समेत बताए ।

IME Life
kumari