citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

डीएभीले उपत्यकाव्यापी फुटसल प्रतियोगिता गर्दै

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

ललितपुर । ललितपुरको जावलाखेलमा अवस्थित डीएभी कलेज ९प्लस टु० ले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता गर्ने भएको छ।

खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले आगामी माघ १३ गते प्रतियोगिता आयोजना गर्न लागेको हो ।

कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टिमलाई रु ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई रु २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही रु १५ हजार प्रदान गरिने जानकारी दिएको भनाइ छ । उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ३२ वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।

himalayan life insurance
igi long