citizens life insurance long ad
stcnepal long ad

खैरहनी नगरपालिकाले क्युआर स्क्यान गरी कर तिर्न सकिने व्यवस्था लागू

Nimb long ad
Prabhu Insurance Long Ad

चितवन । चितवनको खैरहनी नगरपालिकाले क्युआर स्क्यान गरी कर तिर्न सकिने व्यवस्था लागू गरेको छ ।

खैरहनी नगरवासीले नगरपालिकालाई बुझाउनु पर्ने कुनै पनि प्रकारको कर, दस्तुर वा जरिवाना तत्काल क्युआर कोड मार्फत तिर्न सकिने व्यवस्था गरेको नगरपालिका प्रमुख शशी खनियाँले जानकारी दिनुभयो ।

डाई नामिक क्युआरको व्यवस्था लागू भएसँगै नगरपालिकामा राजस्व तिर्ने सेवाग्राहीलाई सजिलो भएको छ ।

डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसन मार्फत मनिटरको स्क्रिनमा देखिएको क्युआर कोड स्क्यान गरी भुक्तानी गरेर तुरुन्तै कर तिरेको रसिद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको खैरहनी नगरपालिकाका प्रमुख खनियाले बताउनुभयो ।

सेवाग्राहीको सहजताको लागि कर तिर्न विद्युतीय भुक्तानी सेवाको विस्तार गर्ने चालु आर्थिक वर्षको नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो ।

सुरुमा ई सेवा बाट सुरुवात गरिएको भुक्तानी प्रणालीलाई निरन्तर सुधार गरी हाल ई सेवा सँगै खल्ती, कनेक्ट आइपिएस र डायनामिक क्युआर मार्फत भुक्तानीको व्यवस्था गरिएको नगर प्रमुख खनियाले जानकारी दिनुभयो ।

नगर उपप्रमुख कविता उप्रेतीले नगरपालिकाको सेवालाई विद्युतीय शासन मैत्री बनाउँदै नागरिकहरुले नगरपालिकाको सेवा घर घरबाटै प्राप्त गर्न सक्ने गरी सूचना प्रविधिको उपयोग गरेको बताउनुभयो ।

नगरपालिकाले यस अघि नै राजस्व रकम अनलाइन मार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू गरेको थियो । सोही प्रणालीलाई थप समयानुकुल र प्रभावकारी बनाउन परिष्कृत गरी क्युआर स्क्यान सुविधा ल्याएको जनाइएको छ ।

नगरपालिकाले प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता विकासका लागि तालिमको सञ्चालन गरेको छ भने स्थानीय कलेजहरूसँगको सहकार्यमा नगर बासीलाई विद्युतीय भुक्तानी प्रणालीको बारेमा अभ्यस्त गराउने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।

IME Life
kumari