citizens life insurance long ad
stcnepal long ad

निफ्राको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को लाभांश सुरक्षित गर्ने आज बिहबार पुस ५ गते अन्तिम दिन हो । निफ्राले साधारण सभा प्रयोजनको लागि शुक्रबार पुस ६ गते बुक क्लोज गर्दैछ ।

शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएकाले यसको लाभांश हात पार्न पनि आजै सेयरधनी बन्नुपर्छ ।

निफ्राले  गत  वर्षको  नाफाबाट लगानीकर्तालाई ४.२१०५% नगद लाभांश (कर सहित) वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस १७ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

IME Life
kumari