citizens life insurance long ad
stcnepal long ad

सांग्रिला डेभलपमेन्ट बैंकले १ लाख ७१ हजार १० कित्ता संस्थापक शेयर शेयर बेच्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको करिब पौने २ लाख कित्ता शेयर आज पुस ४ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकको १ लाख ७१ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

IME Life
kumari