पुवा खोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने
काठमाडौं । पुवा खोला(वान हाइड्रोपावर लिमिटेडले पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले सभामा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा पनि रहनेछ ।





















