stcnepal long ad
ime life insurance
global ime bank long

तीन जनाको नाम चिकित्साशास्त्र अध्ययन संस्थानको डिनका लागि सिफारिस 

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ। प्रा.डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटीले तीन जनाको नाम सिफारिस गरेको छ ।

सिफारिस कमिटिले सोमबार डा. प्रदीप बैद्य, डा. दिव्यासिंह शाह र डा. उत्तम श्रेष्ठको नाम सिफारिस गरेको छ।

त्रिवि कार्यकारी परिषद्ले सिफारिस भएका ३ जना मध्येबाट एक जनालाई आइओएमको डिन नियुक्त गर्ने छन्। रिक्त रहेको पदका लागि नयाँ डिन सिफारिस गर्न जेठ २३ गते डा. ज्ञवालीको संयोजकत्वमा कमिटी गठन भएको थियो।

उक्त कमिटीमा प्रा डा। सुवासराज आचार्य र प्रा डा। जीवन शेरचन सदस्य छन्। प्रा डा। जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण अवकास पाएसँगै डिन पद रिक्त रहदै आएको छ ।

prabhu mahalaxmi
kumari