stcnepal long ad
ime life insurance
global ime bank long

प्रमुख श्रम गन्तव्य मुलुकको लकडाउनले विप्रेषण आप्रवाहमा ६ दशमलव १ प्रतिशतले कमी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । मुलुकको चालु खाता एवं शोधनान्तर स्थिति रु एक खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणमा चालु खाता बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ६८ अर्ब २० करोड घाटामा थियो ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनासम्म रु ६० करोड दुई लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा रु एक अर्ब एक करोडले बचतमा रहेको छ । बैंकका अनुसार चालु खाता घाटा रु एक खर्ब पाँच अर्ब ७४ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु दुई खर्ब २१ अर्ब ७७ करोड थियो । बैंकका अनुसार २०७६ असार मसान्तमा रु १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा रु १२ खर्ब ३५ अर्ब २५ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७७ वैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको छ । कोरोना भाइरसका कारण नेपालीको प्रमुख श्रम गन्तव्यमा समेत लकडाउन जारी रहेको अवस्थामा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले कमी भएको छ । यसैगरी यो दश महिनाको अवधिमा रु छ खर्ब ८० अर्ब ८४ करोड बराबरको विप्रेषण आएको जनाएको छ ।

कोरोना भाइरसको जोखिमका कारण प्रमुख श्रम गन्तव्यमा भएको लकडाउन तथा रोजगारीमा देखिएको समस्याका कारण विप्रेषण आयमा गिरावट आएको हो । तराई क्षेत्रमा सबैभन्दा बढी उपभोक्ता मुद्रास्फीति बढेको राष्ट्र वैँकले जनाएको छ । बैंकका अनुसार तराई मधेशमा उपभोक्ता मुद्रास्फीति ६.३५ प्रतिशत रहेको हो ।

समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ५.७१ प्रतिशत, पहाडमा ५.११ प्रतिशत र हिमालमा ५.१९ प्रतिशत मुद्रास्फीति रहेको छ । यसैगरी यो अवधिमा आयात १३ प्रतिशतले घट्यो भने निर्यात ४.५ प्रतिशतले वृद्धि भई रु ८२ अर्ब छ करोड पुगेको छ । गन्तव्यका आधारमा भारततर्फ १६.१ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनमा ३८.६ प्रतिशत तथा अन्य मुलुकतर्फ १४.६ प्रतिशतले घटेको छ ।

prabhu mahalaxmi
kumari