citizens life insurance long ad
stcnepal long ad

अवैध हतियार र लागूऔषधसहित २ जना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्यविनायक नगरपालिका–१० नलिन्चोकबाट अवैध हतियार र लागूऔषधसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूबाट १ थान पेस्तोल, सोको गोली ५ राउण्ड, म्यागजिन २ थान, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम बरामद भएको छ ।

पक्राउ पर्नेहरूमा इलाम इलाम नगरपालिका–१ बस्ने ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुर कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय लेख बहादुर कार्की रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ५ राउण्ड गोली र म्यागजीन सहितको पेस्तोल र उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उनीहरूलाई लागू‌औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको छ ।

IME Life
kumari