stcnepal long ad
ime life insurance
national life
global ime bank long

थाइल्यान्डको रोजगारी म्यानमारमा ठगी !

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो ।

ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा मासिक एक हजार अमेरिकी डलरको जागिर लगाइदिने प्रलोभन देखाएर दुई जना नेपाली युवकलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्‍याई बन्धक बनाएर गैरकानुनी धन्दामा लाग्न बाध्य पारेकी थिइन् ।

कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा थाइल्यान्ड पठाई त्यहाँबाट झुक्याएर म्यानमार पु¥याइएका युवालाई बन्धक बनाई दैनिक १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङ गर्न बाध्य पारेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा अङ्ग्रेजी टाइपिङ गर्नुपर्ने भन्दै गुरुङले पीडितहरूलाई काठमाडौँस्थित आफ्नो घरमै बोलाई अङ्ग्रेजीको टाइपिङको जाँचसमेत लिएकी थिइन् ।

टाइपिङमा पास भएका भनिएका युवासँग जनही दुई लाख ६० हजार रुपियाँका दरले असुल गरेका गुरुङसहितको गिरोहले म्यानमार पुर्‍याएपछि पीडितहरूलाई अमेरिकी नागरिकलाई अनलाइनमार्फत बिटकोइनलगायतका भर्चुअल करेन्सीबाट ठगी गर्न लगाउने गरेको खुलेको छ ।

म्यानमार पु¥याएर बन्धक बनाएको स्थानमा चारैतिरबाट सुरक्षा गार्डले पहरा दिने गरेको र सिसिटिभी क्यामराबाटसमेत निगरानी गरी चरम श्रम शोषण गरेको पाइएको पङ्गेनीले जानकारी दिनुभयो ।

सो गिरोहले पीडतहरूलाई म्यानमारबाट नौ महिनामा नेपाल फर्कन आठ लाख रुपियाँ फिरौतीसमेत लिएको खुलेको छ । विदेशी नागरिकलाई कम्पनीले भने अनुसार ठगी गर्न नसक्नेलाई कुटपिट गर्ने, विद्युतीय झड्का लगाउने जस्ता चरम शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको छ ।

फेसबुक, ह्वाटसएप, ट्विटर जस्ता सामाजिक सञ्जालमार्फत अमेरिकी, युरोपेली नागरिकलाई ट्र्यापमा पार्ने, भर्चुअल करेन्सीमा लगानी गर्ने भनी झुक्याएर ठगी गर्न बाध्य पारेको पाइएको छ ।

यस घटनामा संलग्न अन्यको खोजतलास भइरहेको तथा पक्राउ परेकी प्रहरीले गुरुङमाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

भिजिट भिसाको आवरणमा दुबई तथा थाइल्यान्डमा पुर्‍याइएका युवालाई यसअघि पनि पटक पटक म्यानमार, भियतनामलगायतका देशमा सयौँको सङ्ख्यामा युवा लगी चिनियाँ कम्पनीबाट ठगी काममा लगाउने गरेको पाइएपछि प्रहरीले निगरानी बढाउँदै लगेको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari