citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

देशका केही भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना छ

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमा वर्षा हुने छ हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । तराईमा लागेको हुस्सु र कुहिरो पश्चिम र मध्य तराईमा मध्यान्नसम्म क्रमिक रुपमा सुधार हुँदै जानेछ । पूर्वी तराईमा भने अपराह्नसम्ममा क्रमिक रुपमा हुस्सु हट्दै जाने छ ।

हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ ।

 

himalayan life insurance
igi long