stcnepal long ad
ime life insurance
national life
global ime bank long

खल्ती पेमेन्ट गेटवे मार्फत ५ हजारभन्दा बढी व्यवसायी लाभान्वित

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । भुक्तानी सेवा प्रदायक खल्तीले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेट वेको सुविधा उपलब्ध गराउँदै आएको छ।

उक्त सुविधा अन्तर्गत हाल ५ हजार व्यवसायीहरू लाभान्वित हुनुका साथै थप व्यवसायीहरूलाई प्रोत्साहित गर्न खल्तीले स्मार्ट उद्यमी अफर उपलब्ध गराएको कम्पनीले बताएको छ।

उक्त सुविधा अन्तर्गत ‘खल्ती पेमेन्ट गेट वे’ मा आबद्ध हुने साना तथा मझौला व्यवसायीहरूले आफ्ना ग्राहक वर्गबाट डिजिटल तरिकाले सरल र सुरक्षित रूपमा भुक्तानी लिन सक्नेछन् भने यसमा उपलब्ध अफर अनुसार मेटा विज्ञापन क्रेडिट र एसएमएस क्रेडिट को रूपमा एपीआई शुल्कमा १०० प्रतिशत मनी ब्याक प्राप्त गर्नेछन्।

यति मात्र नभएर आफ्नो व्यवसायमा वृद्धि विस्तार गर्न आवश्यक पर्ने बस्तु जस्तै प्रिन्टर, ल्यापटप पनि जित्ने मौका पनि पाउनेछन्।

डिसेम्बर ४ देखि फेब्रुअरी ४ सम्म सञ्चालन हुने स्मार्ट उद्यमीअफर अन्तर्गत खल्तीसँग साइन अप गरी ‘खल्ती पेमेन्ट गेट वे’ को सुविधा लिन सम्झौतामा हस्ताक्षर गर्दै एपीआई शुल्कको भुक्तानी गर्ने साथै सेवा लिए पश्चात दुई कारोबारहरू पूरा गर्ने व्यवसायीहरू मध्ये नै एक जना विजेताले बम्पर पुरस्कारको रूपमा ल्यापटप र हरेक हप्ता एक नयाँ भाग्यशाली व्यवसायीले प्रिन्टर प्राप्त गर्नेछन्।

यसका अतिरिक्त खल्तीको SDK/API मा आबद्ध भए पश्चात व्यवसायीले अन्य बैंकको सहायता बिना नै खल्ती प्रयोगकर्ताहरू साथै अरु विस्तृत स्रोतहरू जस्तै पार्टनर बैंकहरूको ई बैंकिङ, मोबाइल बैंकिङ, एससीटी र भिसा र मास्टर कार्ड, कनेक्ट आईपीएसमार्फत भुक्तानी लिन सक्नेछन्।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्ती पेमेन्ट गेटवे अन्तर्गत हाल ५ हजार साना तथा मझौला व्यवसायीहरूलाई डिजिटलाइजेसन सेवा प्रदान गर्दै सरल र सुरक्षित रूपमा भुक्तानी संकलन गर्ने डिजिटलाइजेसन प्रक्रिया प्रदान गर्दै आइरहेको बताए

prabhu mahalaxmi
kumari