citizens life insurance long ad
stcnepal long ad

सहुलियत मूल्य पसलबाट आठ करोड भन्दा बढीको कारोबार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरी सञ्चालन गरेको सहुलियत मूल्य पसलबाट आठ करोड रुपियाँभन्दा बढीको कारोबार गरेको छ ।

असोज २१ देखि मङ्सिर १९ सम्म खाद्य कम्पनीले उपत्यकासहित देशका ४९ स्थानमा सञ्चालित सहुलियत मूल्य पसलबाट आठ करोड ३० लाख पाँच हजार ८५९ रुपियाँ बराबरको कारोबार गरेको हो ।

खाद्य कम्पनी बागमती प्रदेशका बिव्रmी प्रबन्धक प्रमुुख ज्ञानु थापाका अनुसार वस्तुु र सेवाका हिसाबले सबैभन्दा धेरै चामल, तेल, आँटा र चिउरा बिक्री गरे पनि रकममा सबभन्दा बढी कारोबार च्याङ्ग्रा र खसीबोकाको भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

IME Life
kumari