stcnepal long ad
ime life insurance
global ime bank long

नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३औँ स्मृति दिवसमा स्वरकिन्नरी तारादेवीलाई (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई सम्मान प्रदान गरिएको छ ।

आज मंगलबार जमलस्थित सांस्कृतिक संस्थानमा नारायण गोपाल संगीत कोषले एक कार्यक्रम आयोजना गरी स्वरकिन्नरी तारादेवी ९मरणोपरान्त० र वाङ्मयसेवी गणेश रसिकलाई कदरपत्र ५१ हजार नगदसहित सम्मान गरेको हो ।

कोषले तारादेवीलाई नेपाली गीत–संगीतको क्षेत्रमा करिब पाँच दशक योगदान गरेवापत मरणोपरान्त र रसिकलाई गीत–संगीतका साथै साहित्य क्षेत्रमा करिब छ दशक योगदान गरेवापत सम्मान गरिएको जनाएको छ ।

स्वर किन्नरीको उपमा पाएकी तारादेवीको जन्म २००२ साल माघ २ गते भएको थियो भने २०६२ साल माघ ९ गते निधन भएको थियो।

स्वर किन्नरी तारादेवीले नेपाली सांगितिक क्षेत्रमा कालीपारे दाइ कति राम्रो फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा, उकाली ओरालीहरूमा, भन्ज्याङ अनि चौतारीहरूमा लगायत दजनौं गीत गाएकी थिइन् ।

बीसको दशकमा लेकाली समूह मार्फत गायनमा लागेका रसिकले नेपाली गीत–संगीत र साहित्यको क्षेत्रमा उल्लेख्य योगदान दिएका छन्।

स्मृति तथा सम्मान समारोहमा गायक तथा संगीतकार शम्भुजीत बास्कोटा, गायिका मिरा राणा, वरिष्ठ नायिका भुवन चन्द, डा भोला रिजाल लगायतका साहित्यिक तथा सांगितिक क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

स्वरसम्राट नारायणगोपालको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल संगीत कोषले २०४८ सालदेखि उनको सम्झनामा विविध सांगीतिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नारायण गोपालले नेपाली संगीतको क्षेत्रमा ५ सयभन्दा बढी गीतमा आफ्नो स्वर दिएका छन् ।

नारायणगोपालका चर्चित गीतहरुमा ‘श्रद्धाको फूल चढाइदिनु’, बुझ्नै सकिनौ तिमीले’, ‘चिनारी हाम्रो धेरै पुरानो’,‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, आजै र राति के देखेँ सपना’,‘पोखिएर घामको झुल्का’, ‘तिम्रो जस्तो मुटु मेरो पनि गीत चर्चित छन ।

त्यस्तै ‘पर्खी बसेँ आउला भनी’, ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’ र ‘सिरीमा सिरी नि कान्छा’ लगायत गीत पनि लोकप्रिय छन ।काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मेका नारायणगोपालको निधन २०४७ मंसिर १९ गते भएको थियो ।

 

prabhu mahalaxmi
kumari