stcnepal long ad
global ime bank long

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

शेयरधनीलाई नगदमात्रै दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको छ।

फाइनान्स कम्पनीको सञ्चालक समितिको बिहीबार (मंसिर १४ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने निर्णय गरेको हो।

जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको ५.२६३ प्रतिशतले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६.४३ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

IME Lifesidebar
kumari