stcnepal long ad
global ime bank long

जहाज खरिद प्रक्रिया छिट्टै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो ।

आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले संस्थाको पुनर्संरचना र जहाज खरिद प्रक्रिया फरक रहेकाले यी दुई कार्य एकअर्कालाई रोकेर गर्ने विषय नभएको स्पष्ट पारेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले जहान खरिद गर्न आवश्यक रहेको र पुनर्संरचनाको काम क्रमशः हुँदै जाने प्रतिक्रिया भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निगमले जहाज खरिद प्रक्रिया अघि बढाएपछि पुनर्संरचनाको कुरा उठेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमै पुनर्संरचनाको व्यवस्था गरिए पनि अहिले निगमसँग दैनिक व्यवसाय सञ्चालन गर्न जहाज नरहेको अवस्थामा खरिद प्रक्रियालाई रोक्नु हुँदैन ।”

उहाँले निगमले दुर्गम क्षेत्रमा उडाउने गरी तीन वटा ट्विनअटर जहाज किन्न बोलपत्र गरिसकेको र यसको आर्थिक स्रोत आफ्नै स्रोतबाट जोहो गरिने बताउनुभयो । उहाँले हरेक जहाज छ महिनाको अन्तरमा ल्याइने र सबै रकम एकमुस्ट तिर्नु नपर्ने भएकाले यसको खरिद प्रक्रियासमेत पारदर्शी हुने बताउनुभयो ।

प्रवक्ता पौडेलले निगमले जहाज खरिद प्रक्रियाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिएको र निगमको सुधारका लागि बनेका समितिहरूको प्रतिवेदनले समेत जहाज अपरिहार्य रहेको प्रस्ट पारेकाले निगमको गुणात्मक सुधारका लागि जहाज खरिद प्रक्रिया आवश्यक रहेको बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

IME Lifesidebar
kumari