stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालमा मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रेन्चाइज घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौ ।  मिस युनिभर्स नेपालले नयाँ फ्रेन्चाइज आधिकारिक रूपमा घोषणा गरिएको छ । नेपालमा मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रेन्चाइज घोषणा गरिएको हो ।

मिस युनिभर्स नेपाल २०१७ की नगमा श्रेष्ठ संस्थापक र सीजी कर्प ग्लोबल सह संस्थापक रहेका छन् ।

नेपालको एकमात्र बहु– बिलियन डलर बहु-राष्ट्रिय समूह सहसंस्थापक रहेको छ । यही अवसरमा यसले पहिलो अलइन–एपब्युटी पेजेन्ट– मिस युनिभर्स नेपाल २०२० को घोषणा गर्न पहिलो डिजिटल प्रेस सम्मेलन आयोजना गरेको छ ।

डिजिटल कार्यक्रममा सीजी कर्प ग्लोबलका एमडी र सीईओ राहुल चौधरी र मिस युनिभर्सियन संगठनका अग्रणी दिग्गजहरू, नग्मा श्रेष्ठ, मिस युनिभर्स २०१९ की सुश्री जोजबिनी तुन्जी, मिस युनिभर्स नेपाल २०१८ की सुश्री मनिता देवकोटा, सुपरस्टार गायिक सुश्री इन्दिरा जोशीको सहभागिता थिए ।

यस कार्यक्रमलाई क्रिएटिभ निर्देशक अनुषा पीटरसनले ग्रहण गरेकी थिइन् । जसले मिस युनिभर्स नेपाल एपको पहलको बारेमा बोलिन्। प्रशिक्षक जोनास गाफुड र प्रेस सम्मेलनको संचालन प्रेस्का उदासले गरेकी थिइन् ।

prabhu mahalaxmi
kumari