citizens life insurance long ad
stcnepal long ad

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अधिकांश सूचकमा आकर्षक प्रगति, खुद बीमा शुल्क आर्जन ६९ करोड २७ लाख

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा आकर्षक प्रगति झल्किएको छ ।

२ अर्ब ६२ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मा ५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९२ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीकोे महाविपत्ती कोषमा १८ करोड ७४ लाख ६ हजार रुपैयाँ रहेको छ । संचिती जगेडा कोषमा ३८ करोड १७ लाख रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको बीमा कोष ५ अर्ब ८९ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि असोज मसान्तसम्ममा कम्पनीको बीमा कोषको आकार बृद्धि भई ६ अर्ब ६३ करोड रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७८ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ६२ करोड ४९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४२ करोड ४३ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीले ६९ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९१ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले १ करोड रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९१ लाख ४३ हजार रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ७० पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २२९ रुपैयाँ ६० पैसा रहेको छ । सोल्भेन्सी रेसियो ४.०१ रहेको छ ।

IME Life
kumari