citizens life insurance long ad
stcnepal long ad

हाथवे इन्भेष्टमेन्टको नाफा १५ सय ५८ प्रतिशतले बढ्यो

जगेडा कोषको आकार ७० करोड ७५ लाख भन्दा धेरै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १५ सय ५८ प्रतिशतले धेरै हो ।

गत वर्षको यसैअवधिमा यस कम्पनीले ९ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यसको सञ्चालन  आम्दानी ४  करोड ८० लाखबाट  घटेर २ करोड १९ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

सञ्चालन आम्दानी घट्दा पनि नाफा भने बढेको छ । यसले विभिन्न शीर्षकमा खर्च कटौती गरेको छ । त्यसकासाथै, हाथवेले लगानी खरिद नगरेका कारण पनि नाफामा सुधार आएको छ ।

गत वर्षको सोही अवधिमा यसले उक्त शीर्षकमा ८ करोड ८८ लाख छुट्याएको थियो ।हाल हाथवेको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७० पैसा छ ।

यसको नेटवर्थ भने ८० रुपैयाँ २४ पैसा रहेको छ । हाल यसको कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ जम्मा रहेको छ ।

IME Life
kumari