stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पुँजी कोष वृद्धि गर्न नसक्ने लघुवित्तलाई चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्न दिन अध्ययन समितिको सुझाव

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुका वर्तमान समस्या र समाधानका उपायहरूको विषयमा अध्ययन गर्न राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले लघुवित्त कम्पनीहरुको पुँजी कोष अनुपात चरणबद्ध रुपमा बढाएर १५% पुर्याउन सुझाव दिएको छ ।

मंगलबार अध्ययन समितिले प्रतिवेदन सार्वजनिक गर्दै उक्त पुँजी कोष वृद्धि गर्न ३ देखि ५ वर्षको समय दिनुपर्ने जनाएको छ ।

समितिको सुझावअनुसार लघुवित्त कम्पनीहरुले २०८२ असारमा १०%, २०८३ असारमा १२%, २०८४ असारसम्म १३% र २०८५ असारसम्म १५५ पुँजी कोष पुर्याउनुपर्ने जनाएको छ ।

यसका लागि संस्थाहरुलाई मर्जर गर्न प्रोत्साहन गर्ने र निश्चित समयावधि पछि प्रमोटर सेयरमा परिणत हुने गरी अग्राधिकार सेयर आफ्ना ग्राहकलाई बिक्री गर्ने गरी निष्कासन गर्न दिने समितिको सुझाव छ ।

तथापि, अन्य उपायबाट पुँजी कोष वृद्धि गर्न नसकेको अवस्थामा विद्यमान चुक्ता पुँजीको २५% हकप्रद शेयर निष्काशन गर्न दिन सकिने सुझाव समितिले दिएको छ ।

prabhu mahalaxmi
kumari