citizens life insurance long ad
stcnepal long ad

सात दोबाटोमा प्रारम्भ भएको देवी भागवत नवाह सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

दोलखा । बडा दसैँ २०८० को अवसरमा दोलखाको सदरमुकाम चरिकोटको सात दोबाटोमा प्रारम्भ भएको देवी भागवत नवाह सम्पन्न भएको छ ।

चरिकोट तथा जिल्लावासी समेतमा शान्ति सुस्वास्थ्य तथा पितृ उद्धार समेतका लागि चरीकोटवासीहरुले आयोजना गरिएको यो देवी भागवत नवाह सहजका साथ सम्पन्न भएको नवदुर्गा पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष शिव केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार  घटस्थापनादेखि नवाहसँगै नवदुर्गाको पनि मूर्ति स्थापना गरी पूजाआजा गरिएको हो । भक्तजनले कथा श्रवण गर्नुका साथै भव्य रूपमा नवदुर्गाको पूजा अर्चना गरे ।

नौ दिनसम्मै बिहान र साँझ भएको आरतीमा श्रद्धालु भक्तजनहरू पिर मर्का त्यागेर सामेल भई मनोरञ्जन लिनुका साथै आशीर्वाद लिएका छन् ।

प्रत्येक दिन देवी भागवत वाचन तथा नवदुर्गाको पूजासँगै कथामा वर्णित राक्षसहरूलाई मारी असत्यमाथि सत्यको विजय भएको प्रहसन पनि प्रदर्शन गरिएको पूजा व्यवस्थापन समितिका केसीले जानकारी दिनुभयो ।

राक्षसहरूको अत्याचार समाप्त पार्न देवी प्रकट भएको देखाई राक्षस बध समेत प्रत्यक्ष प्रदर्शन गरिएकाले कथाको सार समेत स्पष्ट रूपमा ग्रहण हुन सकेको भक्तजनले बताएका छन् ।

नौ लाख बत्ती प्रज्वलन गरिएको थियो । सात वटा बाटो जोडिएको सात दोबाटोमा सधैँ आउने र यातायातबाट आउने भक्तजनको भिड लागेको थियो ।

कोजाग्रत पूर्णिमापछि स्थापना गरिएको नवदुर्गाको मूर्ति तामाकोसीमा लगी विसर्जन गरिने पनि उहाँले बताउनु भयो । आजको गोरखपत्र दैनिकमा समाचार छ ।

IME Life
kumari