stcnepal long ad
global ime bank long

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थायी घर भइ हाल पोखरा बस्ने ५३ वर्षीय कमल प्रसाद श्रेष्ठ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरेको बताए। पीडित विनिता पौडेलले श्रेष्ठलाई पक्राउ गर्न प्रहरीमा उजुरी दिएकी थिइन्।

बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि फरार रहेका श्रेष्ठलाई ठमेलबाट प्रहरीले पक्राउ गरेको हो।उनलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि प्रहरी कार्यालय कास्की पठाइएको छ।

IME Lifesidebar
kumari