stcnepal long ad
global ime bank long

नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ताबापतको रकम भुक्तानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायु सेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ताबापतको रकम भुक्तानी गरेको छ ।

२ वटा न्यारोबडी जहाजको असोज महिनाको किस्ताबापत पूरा र दुई वटा वाइडबडी जहाजको आंशिक गरी असोजमा ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ रकम भुक्तानी गरेको निगमले जनाएको छ ।

यसअघि निगमले २०७९ सालको असारदेखि २०८० असारसम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १ सय २५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

निगमले पछिल्लो समयमा व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको दाबी गरेको छ ।

नगद प्रवाहमा सुधार भएपछि प्रमुख इन्जिन मर्मत खर्च, नियमित तथा आकस्मिक रूपमा हुने जहाज मर्मत खर्चसमेत बेहोरेर विभिन्न निकायहरूमा रहेका पुराना बक्यौता रकमसमेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरिएको पनि निगमले जनाएको छ ।

यस्तै निगमले दुर्गममा उडान गर्न चाँडै ३ वटा साना जहाज ल्याउने प्रक्रिया पनि अघि बढाएको छ ।

IME Lifesidebar
kumari