citizens life insurance long ad
stcnepal long ad

कार्तिक महिनाबाट वाणिज्य बैंकहरूले व्याजदर घटाए

क वर्गका वाणिज्य बैंकहरुले यही २०८० कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छ्न्।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। क वर्गका वाणिज्य बैंकहरुले यही २०८० कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छ्न्। नयाँ ब्याजदर सूचना अनुसार १४ वाणिज्य बैंकहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएको जानकारी दिएका छन्।
तीन वटा बैंकहरूले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने दुई बैंकहरुले ब्याजदर बढाएका छन्।

एभरेष्ट बैंकले असोज महिना ब्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.०५४ प्रतिशत तोकेमा कात्तिकका लागि ९.२२४ प्रतिशत कायम गरेको छ। यस्तै संस्थागत निक्षेपको ब्याजदर ७.२२४ प्रतिशत तोकेको छ।

यस्तै प्राइम कमर्सियल बैंकले पनि १.८३ प्रतिशत बिन्दुले ब्याजदर घटाउदै साधारण मुद्दती निक्षेपको ब्याजदर १०.२५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ८.२५ प्रतिशत कायम गरेको छ।

यस्तै नबिल बैंकले पनि कात्तिकका लागि ब्याजदर घटाएको छ। नबिलले साधारण मुद्दती निक्षेपको ब्याजदर ११.०५४ प्रतिशतबाट घटाएर १० तोकेको छ। यस्तै यस बैंकले संस्थागत निक्षेपकर्तालाई ८ प्रतिशत ब्याज दिने भएको छ।

यसैगरी नेपाल इन्भेष्टमेन्ट मेघाले पनि ब्याजदर घटाएको छ। असोजमा ११.३ प्रतिशत ब्याजदर तोकेको यस बैंकले कात्तिकका लागि ब्यक्तिगत मुद्दतीतर्फ १०.१ र संस्थागत मुद्दतीको निक्षेपको ८.१ प्रतिशत तोकेको छ।

यस्तै प्रभु बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत रहेकोमा कात्तिक महिनाका लागि ९.२२४ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपतर्फ यस बैंकले कात्तिकमा ७.२२४ प्रतिशत ब्याजदर दिने भएको छ।

ब्याजदर घटाउने बैंकहरुमध्ये ग्लोबल आईएमई बैंकले साधारण मुद्दतीतर्फ १० र ब्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ।

यसैगरि कात्तिक महिनाका लागि ब्याजदर घटाउदै कृषि विकास बैंकले ९.७६ प्रतिशत, कुमारी बैंकले १०.०१ प्रतिशत, सिटिजन्स बैंकले ९.९६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.२२ प्रतिशत, नेपाल बैंक लिमिटेडले ९.२२४ प्रतिशत, हिमालयन बैंकले ११ प्रतिशत र एनआइसी एसिया बैंकले ११.००३ प्रतिशत कायम गरेको छ्न्।

असोज महिनाकै ब्याजदरलाई कात्तिकमा माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी सनराइज बैंकले निरन्तरता दिएका छ्न्।

माछापुच्छ्रे बैंकले ९.९९ प्रतिशत, लक्ष्मी सनराइजले १० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ९.५ प्रतिशत साधारण मुद्दती निक्षेपको ब्याजलाई निरन्तरता दिएका छन्।

यस्तै नेपाल एसबीआई बैंक र एनएमबि बैंकले भने कात्तिकका लागि ब्याजदर बढाएका छ्न्। एसबीआईले साधारण मुद्दती निक्षेपको ब्याजदर १०।७ प्रतिशत र एनमबि बैंकले ११.००३ प्रतिशत तोकेको छ।

IME Life
kumari