citizens life insurance long ad
stcnepal long ad

आफूहरूलाई जानकारी नै नदिई एक्कासी मूल्य घटाएको भन्दै पम्पहरूले  पेट्रोल बिक्री बन्द गरे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आफूहरूलाई जानकारी नै नदिई नेपाल आयल निगमले एक्कासी डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गरेको भन्दै पम्पहरूले पेट्रोलको बिक्री गर्न बन्द गरेका छन्।

आइतबार साँझ निगमले मूल्य घटाएसँगै सोमबार देशभरका अधिकांश पम्पहरूले ‘पेट्रोल छैन’ भन्ने सूचना टाँस्दै यसको बिक्रीमा रोक लगाएका हुन्।

निगमले आइतबार डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय गरेको थियो।

‘पेट्रोल छैन’ भन्ने सूचना काठमाडौं उपत्यका मात्र नभएर देशका अन्य जिल्लाहरूमा पनि रहेको पाइएको छ। उनीहरूले आफूहरूलाई थाहै नदिई एक्कासी प्रतिलिटर ११ रूपैयाँले पेट्रोलको मूल्य घटाइएकाले विक्रेताहरूबीचको अनौपचारिक सहमतिका कारण तत्कालका लागि बिक्री रोक्नुपरेको बताउँछन्।

आफूहरूलाई जनाकारी बिना मूल्य बढाउँदा समस्या आएका कारण निगमलाई दवाव दिनका लागि पेट्रोलको बिक्रीमा रोक लगाएको अन्यथा सर्वसाधारणलाई सास्ती दिने कुनै ‘इन्टेन्शन’ नभएको कलंकीस्थित एक पेट्रोलपम्पका सञ्चालकले देशसञ्चारसँग बताएका छन्।

यता, पेट्रोल पम्प सञ्चालक व्यवसायीहरूको छाता संगठन एसोशिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने पेट्रोलको बिक्री नरोकेको दाबी गरेका छन्।

 

IME Life
kumari