stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दुग्ध विकास संस्थानबाट उत्पादित दुग्ध पदार्थमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । दुग्ध विकास संस्थानबाट उत्पादित दुग्ध पदार्थमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिने भएको छ । उत्पादकसँग खरिद गरेको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएको भन्दै संस्थानबाट उत्पादन भएको दुग्धजन्य पदार्थको मूल्यमा भारी कटौती गरिएको जनाएको छ ।

सोमबार कृषि तथा पशुपन्छीमन्त्री वेदुराम भुसालले किसानसँग खरिद गरिएको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएपछि मूल्य घटाएको स्पष्ट पार्नुभयो ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले संस्थानका उत्पादनमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिएको उल्लेख गर्नुभयो ।

जारी विज्ञप्तिमा अब संस्थानका उत्पादनमा दुधमा प्रतिपाउच दुई रुपियाँ छुट भएको छ । ९७ रुपियाँमा साबिक मूल्य कायम भएकामा अब ९५ रुपियाँ लिटरमा उपभोक्ताले दुध खरिद गर्न सक्ने छन् ।

दही एक लिटरमा २० रुपियाँको छुट दिइएको छ । अब डिडिसीको दही १९० रुपियाँ प्रतिलिटरमा उपभोक्ताले पाउने भएका छन् ।

पनिर एक किलोमा ५० रुपियाँ, नौनी र घिउमा समान प्रतिकेजी एक सय रुपियाँको छुट दिइने भएको छ । मिठाईमा प्रतिप्याकेट १० रुपियाँ, याक नौनीमा प्रतिकेजी १५, याक चिज एक किलोमा एक सय रुपियाँ छुट दिइने भएको छ ।

सबैभन्दा धेरै छुट टेवल बटर प्रतिकेजीमा दुई सय रुपियाँ छुट दिइएको छ । फ्रेस मिल्कमा एक लिटर २५ रुपियाँ छुट दिइएको छ ।

 

 

prabhu mahalaxmi
kumari