stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नापी कार्यालयका सर्वेक्षक र बिचौलिया १ लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । झापाको भद्रपुरमा रहेको नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादव एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जग्गा कित्ताकाट गरिदिएबापत घुस मागेको सूचनाका आधारमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट घुस लिएको ७० हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक बरामद भएको अख्तियारको भनाइ छ ।

prabhu mahalaxmi
kumari