stcnepal long ad
ime life insurance
national life
global ime bank long

२६ औं क्षत्री दिवस अवसरमा पोखरामा शक्ति प्रदर्शन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पोखरा । क्षत्री समाज नेपालले २६ औं क्षत्री दिवस अवसरमा पोखरामा आइतबार ‘शक्ति’ प्रदर्शन गरेको छ । जातीय पोशाकमा सजिएका क्षत्रीहरुले पोखरा बजारमा झाँकीसहित ¥याली प्रदर्शन गर्नुका साथै सभा आयोजना गरेको हो ।

नेपालको कुल जनसंख्याको सबैभन्दा धेरै ४७ लाख जनसंख्या क्षत्रीको छ । बडादसैंमा घटनास्थापनाको दिनलाई आफ्नो दिवसको रुपमा मनाउन थालेका क्षत्री समुदायले विभिन्न नाराअंकित प्लेकार्डसहित राष्ट्रिय अखण्डता, जातीय सद्भाव, सहअस्तित्व, समन्वय र सहिष्णुताको संस्कृति कायम गर्नुपर्नेमा जोड दिए ।

क्षत्री समाजको कार्यालयबाट निस्केको ¥याली महेन्द्रपुल, चिप्लेढुंगा, नयाँबजार, सभागृहचोक, पृथ्वीचोक हुँदै नयाँबजारस्थित प्रदर्शनी केन्द्र पुगेर सभामा परिणत भएको थियो । ¥यालीका सहभागीले भजनकीर्तन गर्नुका साथै विभिन्न नाचगान प्रदर्शन गर्दा धेरैबेरसम्म ट्राफिक जाम समेत भएको थियो ।

महिलाहरु ढाकाको चोलो र साडीमा सजिएका थिए भने पुरुषहरु दौरा सुरुवाल र कोटमा सजिएका थिए । क्षत्री समाजको प्रतिनिधित्व गर्ने विभिन्न क्षेत्रबाट क्षेत्रीहरु ठुलो संख्यामा उपस्थित थिए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका वक्ताले सबै जातजातिको अस्तित्व कायम गर्ने वातावरण सिर्जना हुनुपर्नेमा जोड दिए ।

समाजको महिला समिति अध्यक्ष उर्मिला खड्काले त यो दिवस भनेको आफूहरुको शक्ति प्रदर्शन गर्ने दिन हो भनिन् ।

समाजका अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले आफूहरु नै आदिवासी रहेको दाबी गर्दै एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिन्छन् ।

उनले आरक्षण भनेको कुनै जाति विशेषले पाउने नभई गरिबले पाउने हो भने । उनले वैदेशिक सनातन राष्ट्र नेपाललाई हिन्दू राष्ट्र कायम हुनुपर्नेमा जोड दिए ।

समारोहमा सरुन नाच प्रदर्शन गर्नुका साथै विभिन्न व्यक्तिलाई सम्मान एवं विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको आयोजक क्षत्री समाज नेपाल कास्कीका अध्यक्ष बेनीबहादुर कार्कीले बताए ।

आसूरी शक्तिमाथि विजय प्राप्त गरेको दिनको सम्झनाको रुपमा क्षत्री समाजले २०५६ सालदेखि यो दिवस मनाउन थालेको हो ।

दिवस अवसरमा केन्द्रीय समितिको आह्वानमा देशैभर विविध कार्यक्रम गरिएको केन्द्रीय उपाध्यक्ष एवं प्रचार बिभाग प्रमुख कृष्णबहादुर थापाले बताए ।

IME Lifesidebar
kumari