stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्राधिकरण र नलगाड जलविद्युत कम्पनीबीच सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

सुर्खेत । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रो पावर कम्पनीको बीचमा सम्झौता भएको छ । प्रदेश प्राधिकरण र नलगाड हाइड्रोपावर बीच विद्युत खरिद ,बिक्रीको सम्झौता भएको हो ।

नलगाड हाइड्रो पावरले निर्माण गर्न लागेको ७ मेगावाटको ताक्सुगाड जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको लागि सम्झौता भएको हो ।

ताक्सुगाड जलविद्युत आयोजना नलगाड जलविद्युत आयोजना निर्माणका लागि चाहिने आवश्यक पावरका लागि बनाउन लागिएको हो ।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले तासुगाड जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय विद्युत प्रसारण लाइनमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालय र नलगाड हाइड्रोपावर कम्पनी बीच सुर्खेतमा सम्झौता पत्रमा हस्ताक्षर भएको बताए । ताक्सुगाड यसै आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने मन्त्री बस्नेतको भनाई छ ।

prabhu mahalaxmi
kumari