नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज शुक्रबार (असोज २६ गते) बस्दैछ । साधारण सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो साढे १ बजेबाट सुरु हुनेछ ।
सभामा यस संस्थाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर सहित १७.९३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न, यसको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते बुक क्लोज गरिसकेको छ ।
तसर्थ, सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न असोज १७ गतेसम्म सेयरधनी कायम रहेको हुनुपर्नेछ ।
२६ असोज २०८०, शुक्रवार ०९:०९ बजे प्रकाशित