stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आन्दोलनरत पालिका कर्मचारी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आन्दोलनरत पालिकाका कर्मचारी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ । यसअघि हिजो भएको वार्तामा आन्दोलनरत कर्मचारीले उठाएका सबै मुद्दामा छलफल गर्न समय अपुग भएपछि आजका लागि सारिएको हो ।

पालिका कर्मचारी केन्द्रीय सङ्घर्ष समितिका महासचिव विजय देवकोटाका अनुसार सरकार पक्षबाट सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा परिमार्जन गरी आन्दोलनरत कर्मचारीको मागअनुसार एकीकृत निजामती सेवा ऐन बनाउनेबारेमा सकारात्मक प्रतिक्रिया आएको छ ।

मन्त्रालयले हिजो आन्दोलनरत कर्मचारीसँग वार्ता गर्नका लागि सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईको नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

भट्टराई नेतृत्वको सरकारी वार्ता टोलीमा मन्त्रालयका सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र प्रशासनका उपसचिव खिलराज राई हुनुहुन्छ ।

आन्दोलनरत पालिका कर्मचारीबाट केन्द्रीय सङ्घर्ष समितिका पदाधिकारी र कर्मचारी ट्रेड युनियनहरूका प्रतिनिधि सहभागी छन् । पालिकाका कर्मचारीले १२ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका छन्।

सङ्घीय निजामति सेवा ऐनको सट्टा एकीकृत निजामति सेवा ऐन जारी गर्नुपर्ने, पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतिको परिभाषाभित्र पालिकाका कर्मचारीलाई समेत समेटिनुपर्ने लगायतका माग राखेर पालिकाका कर्मचारीले आन्दोलन गर्दै आएका हुन् । उनीहरुले गएको १९ गतेदेखि पेन डाउन गर्दै आएका छन् ।

prabhu mahalaxmi
kumari