citizens life insurance long ad
stcnepal long ad

नेपाल–श्रीलंकाको विदेशमन्त्रीस्तरीय बैठक आगामी पुसमा हुने

Nimb long ad
Prabhu Insurance Long Ad

कोलम्बो । नेपाल(श्रीलंकाको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडौंमा हुने भएको छ। आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५ र ६ गतेका लागि बैठक तय भएको हो।

यद्यपि यो बैठक गत वर्षको वैशाखमा श्रीलंकाले आयोजना गर्नुपर्ने थियो। श्रीलंका सरकारको आसयको आधारमा नेपालले काठमाडौंमा बैठक आयोजना गर्न लागेको हो।

बैठकमा नेपाल र श्रीलंकाबीच रहिआएको बहुआयामिक सम्बन्धका विविध विषयमा छलफल हुने यहाँस्थित नेपाली राजदूत वासुदेव मिश्रले जानकारी दिए।

उनका अनुसार कूटनीतिक एवं व्यापारिक, सांस्कृतिक, शैक्षिक सम्बन्ध कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा बैठकमा व्यापक छलफल हुनेछ।

कोभिड(१९ महामारीपछि नेपालबाट श्रीलंका आउने र श्रीलंकाबाट नेपाल जाने पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको उल्लेख गर्दै राजदूतले मिश्रले नेपाली पर्यटकका लागि श्रीलंका मुख्य गन्तव्य हुनसक्ने बताए।

नेपाल र श्रीलंकाबीचमा छोटो हवाई दूरी र खानपिन एवं रहनसहन मिल्ने भएकाले पनि श्रीलंका नेपालीका लागि उपयुक्त र श्रीलंकनका लागि पनि नेपाल उपयुक्त पर्यटकीय गन्तव्य हुने उनको भनाइ छ।

द्विपक्षीय सम्बन्ध

नेपाल र श्रीलंकाबीच सन् १९५७ जुलाई १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुई देशबीचको सम्बन्ध सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहिआएको छ। आगामी वर्षदेखि नेपाल र श्रीलंकाका बीचमा नयाँ अध्याय सुरु हुने राजदूत मिश्रको विश्वास छ।

नेपाल र श्रीलंका सम्पर्क एवं सम्बन्ध विस्तारका लागि विश्वविद्यालयका भाइस चान्स्लर, प्राध्यापक र सरकारका उच्च पदस्थ अधिकारी र सरकारी एवं अन्य गैरसरकारी निकायका प्रमुखसँगको छलफल घनिभूत बनाएको राजदूत मित्रले जानकारी दिए।

श्रीलंकामा ४२ देशका कूटनीतिक नियोग रहेका छन् भने अरू १२र१५ वटा अन्तर्राष्ट्रिय संस्थाका कार्यालय रहेका छन्।

नेपालले सन् १९७५ मा कोलम्बोमा महावाणिज्य दूतावास स्थापना गरेको थियो भने सन् १९९५ मा कोलम्बोमा नेपाली दूतावास स्थापना गरेको थियो।

त्यसैगरी, श्रीलंकाको काठमाडौंमा सन् १९९३ देखि आवासीय दूतावास रहिआएको छ। सन् २०१७ मा नेपाल र श्रीलंकाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्ष मनाएका थिए।

नेपाल र श्रीलंका दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०का संस्थापक सदस्य हुन् र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक०का सदस्य पनि हुन्।

उच्चस्तरीय भ्रमण

उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई उचाइमा पुर्‍याउँने बताउँदै आगामी दिनमा पनि दुई देशबीचमा उच्चस्तरीय भ्रमणले निरन्तरता पाउने राजदूत मिश्रको बुझाइ छ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले चौथो बिमस्टेक शिखर सम्मेलनमा २०१८ मा नेपालको भ्रमण गरेका थिए।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१७ मेमा क्यान्डीमा आयोजित अन्तर्राष्ट्रिय वेसाक दिवसको समापन समारोहमा सहभागी हुन श्रीलंकाको भ्रमण गरेका थिए भने १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेले नोभेम्बर २०१४ मा नेपाल भ्रमण गरेका थिए।

अब हुने विदेशमन्त्रीस्तरीय बैठकले सबै किसिमका ढोका खोल्ने विश्वास व्यक्त गर्दै राजदूत मिश्रले आगामी दिनमा कार्यकारीस्तरको भ्रमण हुने विश्वास व्यक्त गरे।

द्विपक्षीय व्यापारका सम्भावना

नेपालले श्रीलंकामा ऊन, कपडा निर्यात गर्दै आएको छ भने श्रीलंकाबाट कफी, अनाज, विविध रासायनिक उत्पादन, तेल र चिकित्सा वा शल्य चिकित्सा उपकरण आदि रहेका छन्।

आगामी दिनमा हुने विदेशमन्त्री स्तरीय बैठकमा व्यापार, वित्त, कृषि, उद्योग र पूर्वाधारको विकास, विज्ञान तथा प्रविधि, लगानी र आपसी हितका विषयमा विचार विमर्श हुनेछ।

राजदूत मिश्रका अनुसार आगामी दिनमा नेपालबाट मौसमी फलफूल, तरकारी एवं मिनिरल वाटर श्रीलंका ल्याउन सकिनेछ भने श्रीलंकाबाट नरिवल तेल, औषधीजन्य सामग्री नेपाल लैजान सकिन्छ।

सन् १९७९ अप्रिलमा द्विपक्षीय व्यापार सम्झौतामा हस्ताक्षर भए पनि दुई देशबीचको व्यापारको मात्रा न्यून रहेको छ।

नेपाल र श्रीलंका

दुई देशबीच तुलना गर्दा नेपालभन्दा आर्थिक हिसाबले श्रीलंका नेपालभन्दा माथि देखिन्छ। प्रतिव्यक्ति आय, अर्थतन्त्रको आकार पनि नेपालको भन्दा बृहत् रहेको राजदूत मित्रले बताए। त्यसो त वैदेशिक ऋण पनि नेपालको भन्दा श्रीलंकाको बढी रहेको छ।

उनले भने, ‘ऋण धेरै भयो भन्दैमा त्यो देशको आर्थिक अवस्था नराम्रो छ भन्ने हुँदैन, ऋण त परिचालन गर्ने हो, जहाँबाट उत्पादनका लागि पैदा गर्ने उत्साह पैदा गर्छ।’ नेपाल–श्रीलंकाको साझा विन्दु पहिल्याउनका लागि धेरै प्रयास भइरहेका छन्।

श्रीलंकाको समाजसँग भिज्ने र त्यहाँ रहेका कूटनीतिक नियोगसँग सम्पर्ग बढाउन आफू लागि परेको उल्लेख गर्दै उनले आगामी वर्षदेखि नेपालका लागि प्रतिफल दिने विश्वास व्यक्त गरे।

IME Life
kumari