नबिल बैंकका सञ्चालक र कर्मचारीले कोरोना राहत कोषमा गरे २६ लाख २८ हजार योगदान
आर्थिक सञ्जाल
काठमाडौं । नबिल बैंकका संचालक तथा कर्मचारीहरुले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा २६ लाख २८ हजार ८ सय ६७ रुपियाा १५ पैसा योगदान गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्याल, संचालक उपेन्द्रप्रसाद पौड्याल र मानव संशाधन प्रमुख रोशन कोइराला पनि उपस्थित थिए ।
कोराना भाइरस महामारी विरुद्धको लडाइमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनशायले बैंंकका संचालक तथा कर्मचारीहरुले कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको शाहले उल्लेख गरे ।
बैंकका अध्यक्ष पौड्यालले नबिल बंैकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारी विरुद्ध लड्न निरन्तर सहयोग गर्ने धारण व्यक्त गरे । साथै, उनले यस्तो योगदान रकमको सदुपयोग हुने विश्वास ब्यक्त गर्दै सहयोग गर्ने संचालक समिति सदस्य र बैंकका कर्मचारीहरुलाई धन्यवाद समेत व्यक्त गरे ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केन्द्रीयय तथा प्रादेशिक सरकारहरुलाई महामारी विरुद्धको लडाइमा निरन्तर सहयोग जारी राख्ने जानकारी समेत गराएको छ ।
























