stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल निलम्बनमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा उनलाई दोषी ठहर्याउँदै विशेष अदालतमा मुद्धा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।

अदालतमा भ्रष्टाचार प्रकरणमा मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा पर्ने कानूनी व्यवस्था छ । पौडेल निलम्बनमा परेसँगै कार्यबाहक प्रबन्ध निर्देशकको जिम्मेवारी संगिता पहाडीलाई दिन लागिएको नेपाल दूरसञ्चार कम्पनी बोर्ड स्रोतले जानकारी दिएको छ ।

पहाडी हाल टेलिकममा दोस्रो वरियातामा छिन् । वरिष्ठताका आधारमा संगिता पहाडीलाई स्वत: कार्यवाहक प्रवन्ध निर्देशकको जिम्मेवारी दिन लागिएको समेत टेलिकम बोर्ड स्रोतले जानकारी दिएको छ ।

prabhu mahalaxmi
kumari