stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आवश्यक परे, महानगर गौरव र स्वर्णिम योजना सञ्चालनको कार्यविधि बनाउनु –प्रमुख प्रशासकीय अधिकृत अधिकारी

विभागीय प्रमुखहरुबाट अहिलेसम्मको कार्य प्रगतिका बारे जानकारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेका गौरव र स्वर्णिय योजना सञ्चालन विधि आवश्यक परे कार्यविधि बनाउन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय प्रमुखहरुलाई आग्रह गर्नुभएको छ ।

आइतबार काठमाडौँ प्लाजामा बसेको सिनियर म्यानेजमेन्ट टीम मिटिङ् (एसएमटी) मा अहिलेसम्मका प्रगतिको जानकारी लिएपछि काममा थप सहजता ल्याउन कार्यविधिको बाटो देखाउनुभएको हो ।

एक पटक सञ्चालन गर्नु पर्ने कार्यक्रमका लागि नीतिगत निर्णय भए पुग्छ । एउटै प्रकृतिको काम लामो समयसम्म चलाइराख्नु पर्ने भए कार्यविधि आवश्यक पर्छ ।

उहाँले, कार्यक्रम सञ्चालनको अवधि, यस अघि भएका त्यस प्रकृतिका काम, सहभागिता, बजेटको व्यवस्था, बजेटको स्रोत जस्ता विषयका आधारमा कार्ययोजना बनाउन आग्रह गर्नुभयो ।

प्रशासन विभागका प्रमुख दिपक अधिकारीले, आफू मातहतका कर्मचारीलाई काममा लगाउने दायित्व विभागीय प्रमुखको रहेको बताउनुभयो ।

कतिपय कामका लागि जनशक्ति पुगेका छैनन् । जनशक्ति छैनन् भनेर काम रोक्न पनि मिल्दैन । यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी विभागीय प्रमुखले वहन गर्नुपर्छ । उहाँको भनाइ थियो ।

इन्टर्नमा आएका विद्यार्थीहरुले ३३ प्रकारका कार्यविधिको मस्यौदा तयार पारेका छन् । विभागबाट मागेर होइन, कानुन विभागले काम र त्यसको सञ्चालन विधिका आधारमा मस्यौदा बनाएको हो ।

बैठकमा कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले, ‘नभइ नहुने भए मात्र कानुन बनाउनु पर्ने, कार्यान्वयनमा नआउने कानुन बनाएर समय खर्च गर्नु नहुने बताउनुभयो ।’

सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेले, अनलाइन टिप्पणीका लागि डिजिटल हस्ताक्षर प्राप्त हुनासाथ प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

बैठकमा सहभागी विभागीय प्रमुखहरुले ७ दिनभित्र प्रणालीमा जान सकिने धारणा राख्नुभएको थियो । खरिद एकाईका प्रमुख नमराज ढकालले, मूल्याङ्नका लागि फाइल थुप्रिएर नबसेको जानकारी गराउनुभयो ।

वडामा रकम पठाए पनि सानासाना काम गर्न विभागमा माग हुने गरेको छ । यसले विभागका नियमित काममा बाधा गरेको छ । पूर्वाधार विकास विभागका प्रमुख राम थापाको भनाइ थियो ।

सम्पदा तथा पर्यटन विभागले दशैँ, तिहारलगायत ठूला पर्वमा मठ मन्दिरको सरसफाइ, रंगरोगनलगायत कामका लागि माग संकलन गर्न पत्राचार गरिएको जानकारी गराउनुभयो ।

स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले, डेङ्गी नियन्त्रणका लागि आउँदो १ महिना थप काम सक्रिय भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
बैठकमा नियमित र पर्वं लक्षित अनुगमन, केन्द्र र वडाले गर्नु कामका विचमा समन्वय,

 

prabhu mahalaxmi
kumari