macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

ग्लोबल आइएमई बैंकले ५ शाखाको घरजग्गा बिक्री गर्दै

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो विभिन्न स्थानको गैह्र बैंकिङ सम्पत्ति घर, जग्गाहरु लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले उक्त सम्पत्ति जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने जनाएको हो ।

बैंकले नारायणघाट शाखा चितवन, बुटवल राममन्दिरलाइन शाखा रुपन्देही, गसरलरिया शाखा बर्दिया, दमक शाखा झापा र टिकापूर शाखा कैलालीमा रहेको सम्पत्ती बेच्न लागेको जनाएको छ ।

उक्त सम्पत्ति खरिद गरी लिन ईच्छुक जो–कोहीले १५ दिनभित्र बैंकको प्रधान कार्यालय, नक्साल, काठमाडौं स्थित कर्जा असुली विभाग वा बैंकको अन्य शाखाहरुमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने बैंकले बताएको छ ।

१५ असोज २०८०, सोमवार १३:३८ बजे प्रकाशित

NTA long ad