stcnepal long ad
ime life insurance
global ime bank long

ट्रेजरी मार्फत नेपाल राष्ट्र बैंकले १४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad
आर्थिक सञ्जाल
काठमाडौं । १४ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिल नेपाल राष्ट्र बैंकले जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनका लागि १२ अर्ब २६ करोडको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी भदौ २३ गते परिपक्क हुनेछ ।
त्यस्तै, १ वर्षको लागि १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी हुन लागेको हो । यो ट्रेजरी २०७८ जेठ २५ गते परिपक्क हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीनअ वधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथावित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
prabhu mahalaxmi
kumari