stcnepal long ad
ime life insurance
global ime bank long

आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई स्वास्थ्यमन्त्रीको आग्रह

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आन्दोलनरत चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।

उनले स्वास्थ्यकर्मीमाथि पटक–पटक हुने दुर्व्यवहारको घटनामा संलग्नलाई कारबाही गर्ने प्रक्रियामा सरकार लागि परेको भन्दै आन्दोलन स्थगित गरेर काममा फर्किन अनुरोध गरेका हुन् ।

मन्त्री  बस्नेतले चिकित्सकको दरबन्दी थप गर्ने विषय अन्तिम चरणमा पुगेको पनि जानकारी दिए । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले भने, ‘दरबन्दीको विषयलाई उठान गरेको छ । नजिक पुगेको छ । प्रधानमन्त्री कन्भेन्स हुनु भएको छ। अन्तिम अवस्थामा पुगेको छ ।’

सुर्तीबाट उठेको कर दरबन्दी र बिरामीको उपचारमा खर्च गर्नुपर्ने उनले बताए । मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन बनेपछि राम्रो काम भए पनि कमजोरी रहेको बताए ।

‘ऐन बनेपछि केही राम्रो पक्ष भएको छ । तर केही वर्षमा नर्स खोज्नु पर्ने दिन आउँछ । ऐनमा जे कमजोरी भएको छ । क्याबिनेटमा पनि उठाएको छु । प्रधानमन्त्रीले चिकित्सा शिक्षा आयोग, स्वास्थ्य र शिक्षा मन्त्रालयसँग छलफल गर्छु भन्नुभएको छु, उनले भने ।

चिकित्सा शिक्षा ऐनकोविरुद्ध बोल्दा कोही अनशन बस्ने भएकाले आफूलाई नबोल्न सूझाव आए पनि बोलिरहेको उनले बताए ।

prabhu mahalaxmi
kumari