stcnepal long ad
global ime bank long

माई खोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर आउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माई खोला हाइड्रोपावरको स्थगित भएको वार्षिक साधारण सभा अब असोज १८ मा बस्ने भएको छ । साधारण सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । साधारण सभामा यस कम्पनीले १ः१ (१००%) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रहेको छ । सोही पुँजीको शतप्रतिशत राइट सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो ।

यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ । साधारण सभामा सहभागी हुन असोज ३ गतेसम्म सेयरधनी कायम हुनुपर्छ ।

यसअघि कम्पनीको असोज ९ गते बस्ने भनिएको वार्षिक साधारण सभा स्थगित भएको थियो । सोही स्थगित सभा अब असोज १८ गते आयोजना गर्न लागिएको हो ।

IME Lifesidebar
kumari