stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ ।

नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने टेलिकमले जनाएको छ । सो च्यालेन्ज आइतबार भाद्र २४० देखि आगामी असोज ७ गतेसम्म सहभागी हुन सकिने जनाएको छ ।

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको टेलिकमले जनाएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई ५०० को टप अप प्रदान गरिने छ ।

prabhu mahalaxmi
kumari